सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । केही वर्ष पहिलासम्म पितृको सम्झनामा पाटीपौवा र चौतारा बनाउने चलन थियो । उक्त स्थानमा वर पीपल पनि रोपिन्थ्यो । तर पछिल्लो समय यो चलन हराउँदै गएको छ ।

विकास निर्माण, बढ्दै गएको आधुनिकता, शहरीकरण र यातायातको विस्तारले नेपालीको मौलिक संस्कृति तथा परम्परा लोप हुँदै गएको हो । धनकुटाका धेरै स्थानमा निर्माण भएका पाटीपौवा र चौतारा संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । रोपिएका वरपीपल पनि मासिन थालेका छन् ।

Advertisement

बटुवाले थकाइ मार्ने चौतारा र वरपीपल सडक विस्तारलगायतका कारणले मासिएका हुन् । बटुवा आएर चौतारामा विश्राम गर्दा मृत आत्माले शान्ति पाउने जनविश्वास रहँदै आएको थियो । सोही कारणले पनि धेरै स्थानमा चौतारा बनाउने र वरपीपल रोप्ने चलन थियो ।

हिन्दु धर्म संस्कृति अनुसार वरलाई दीर्घजीवी र पूज्य मानिन्छ भने पीपललाई शुभ वृक्षका रूपमामा मानिन्छ । पद्म पुराणका अनुसार पीपललाई भगवान विष्णुको अर्को रूप मानिन्छ ।

धर्मशास्त्रमा पीपलको रुखमा शान्तिको बास हुने भएकाले शनिबारको दिन जल चढाउँदा वा छुँदामात्र पनि यसको सकारात्मक असर पर्ने उल्लेख छ । अझ भन्ने हो भने, अन्य वनस्पतिले भन्दा पीपलले सबैभन्दा बढी अक्सिजन दिन्छ ।

पललाई आध्यात्मिक तथा धार्मिक हिसाबले पुजनीय र ग्रहदशाको शान्ति गर्ने विष्णुको प्रतीकको रूपमा मानिने गरेको धनकुटाका स्थानीय जानकार जनार्दन घिमिरे (गोठाले) ले बताए । ग्रामीण क्षेत्रमा विकास निर्माण तथा सडक विस्तार भएपछि पाटी, पौवा र चौतारा मासिदै गएको घिमिरे बताउँछन् ।

‘कुनै समय चौतारा आराम गर्ने, बैठक बस्ने र बटुवाले बास बस्न समेत प्रयोगमा आउँथे’, घिमिरेले भने, ‘अहिले त भएका चौतारा, वरपीपल पनि मासिन थालेका छन् । यसको संरक्षण गर्न आवश्यक छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!