सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । आठपहरिया समुदाय धनकुटामा मात्रै बसोबास गर्छन् । यो समुदाय धनकुटा बाहेक अन्य स्थानमा नरहेको बताइन्छ । धनकुटाका विभिन्न स्थानमा आठपहरिया समुदायका करिब ६ हजार मानिसको बसोबास छ । 

Advertisement

यो समुदायका मानिसले दशैं कहिल्यै मनाउँदैनन् । दशैं आउना साथ उनीहरूलाई सांस्कृतिक सहिदद्वय रामलिहाङरिदामको सम्झना आउँछ । कारण, जंगबहादुर राणाको समयमा उनीहरूलाई झुण्डयाएर मृत्युदण्ड दिइएको थियो ।  

उनीहरूले दशैं नमान्दा मृत्युदण्ड दिएको हो भन्ने आठपहरिया समुदायको बुझाइ छ । उनीहरू आठपहरियाका पुजारी थिए । उनीहरूलाई दशैं मनाउन जारी गरिएको सरकारी आदेश पालना नगरेका कारण मृत्युदण्ड दिइएको किराँत आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टमान आठपहरियाले बताए । 

यी दुई कुनै काल्पनिक पात्र नभई वास्तविक सांस्कृतिक सहिद रहेको किराँत आठपहरिया समाजका केन्द्रिय महासचिव सूर्य आठपहरियाले बताए । यो समुदायको आफ्नै चाड छ । उनीहरूको महत्वपूर्ण चाड वाडाङ्मेट हो । यो पर्व उनीहरूले १५ दिनसम्म मनाउँने गर्छन् ।

उनीहरू बैशाखे पूर्णिमा, भदौरे पूर्णिमा र मङ्‍‍सिरे पूर्णिमालाई भव्यताका साथ मनाउने गर्दछन् । यो समुदाय आफ्नो भाषा, परम्परा र संस्कृतिलाई जगेर्ना प्रति दत्तचित्त देखिन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!