धनकुटामा ४ विद्यार्थीलाई छात्रवृत्ति, विपन्न २१ परिवारलाई राहत
धनकुटा । धनशोभा राई स्मृति सेवा केन्द्रद्वारा ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । यसैगरी, विपन्न २१ परिवारलाई राहत वितरण गरिएको छ । केन्द्रको दशौं स्मृति दिवस अवसरमा बुधबार राहत तथा छात्रवृत्ति वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले राहत तथा छात्रवृत्ति हस्तान्तरण गरेका थिए । उत्कृष्ट अंकसहित कक्षा ९ बाट १० मा गएका ४ जना विद्यार्थीहरुला...







