धनकुटा अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु
धनकुटा । जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा सुरु भएको छ । आइतबार कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले हेमोडायलाइसिस सेवाको शुभारम्भ गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले सबै पक्षबीच समन्वय गरेर सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । जिल्ला अस्पताललाई ५० वा १०० शय्यामा विस्तार गर्ने विषयमा सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।
उनले धनकुटा अस्पतालमा राखिएको तर...































