सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-९ स्थित तमोर नदि किनारमा अवस्थित विश्रान्ति मन्दिरमा लगाइएको शिवमहापुराणबाट एक करोड २० लाख रुपैयाँ बढी आर्थिक रकम सहयोग भएको छ । गुरुकुल तथा वृद्धाश्रमलाई व्यवस्थित गर्न गत फागुन ४ देखी १५ गतेसम्म सञ्चालन भएको शिवमहापुराणबाट उक्त रकम सङ्कलन भएको हो ।

Advertisement

शिवमहापुराणमा एक जनाबाटै सबैभन्दा बढी ११ लाख ११ हजार एक सय २१ रुपैयाँ र दुई जनाबाट जनही ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त भएको छ । महायज्ञमा दानपेटिकामा सङ्कलन भएको रकम पनि गणना भइरहेको तथा आर्थिक सहयोग रकम पनि आउने क्रम जारी रहेको महायज्ञ मूल आयोजक समितिका सदस्य सुदर्शन घिमिरेले जानकारी दिए । महायज्ञमा खर्च भएको रकम र कुल सङ्कलन भएको रकम केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

शिव महापुराणको जगतगुरु अनन्त बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले उद्‌घाटन गरेका थिए । फागुन महिना शिवरात्रि पर्ने हुनाले शिवको महिमालाई उजागर गर्नका लागि शिवपुराण ज्ञानमहायज्ञ आयोजना गरिएको आयोजक समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए ।

सक्नेले एक मन, नसक्नेले एक झोला, त्यो पनि नसक्नेले एक गोजी र त्यो पनि नसक्नेले एक मुठी वा एक दाना सहयोग भन्ने अभियानका साथ महायज्ञ सञ्चालन भएको थियो । ११ दिनसम्म सञ्चालन भएको महायज्ञमा पण्डित प्राध्यापक आचार्य दीपक पराजुली प्रमुख वाचक थिए । आचार्य पण्डित सोमनाथ कोइरालाबाट पाठ परायण भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!