सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ अरुणोदय माध्यमिक विद्यालय सालघारीमा साहित्यकारहरूको जमघट भएको छ । स्थानीय स्रष्‍टाहरूको सम्मान, उत्थान तथा उन्नयनका लागि गरिएको कार्यक्रममा साहित्यकारहरूले आ-आफ्ना रचना वाचन गरेका छन् ।

कार्यक्रममा कवि भर थापा, सुष्मा दाहाल र अनिल सुवेदी कविता वाचन गरेका थिए भने निर्मला कुँवरले मुक्तक वाचन गरेकी थिइन् । कवि थापाले ‘‘हर्कमाया दर्जी र झन्डाको व्यापार’, ‘धनवीरे काका र धारावाहिक असार’, ‘बा को झोलाको पोष्टमार्टम’ र ‘आधा कविता’ वाचन गरेका थिए ।

Advertisement

 

यस्तै कवि दाहालले ‘रुमानी याद’, ‘म गाउँ फर्किन्छु’, ‘आह्वान’ र ‘शून्यताको उचाइ’ र कवि सुवेदीले ‘धोका’, ‘भाग्य’, ‘काजी’ र ‘फूल’ शीर्षकका कविता वाचन गरेका थिए ।

महालक्ष्मी नगरपालिका-५ का वडाध्यक्ष सन्तबहादुर कुँवर (क्षेत्री), र जेष्ठ नागरिक शेर बहादुरले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्‌घाटन गरेका थिए । कार्यक्रममा रोशन गन्धर्व, सुवास गन्धर्व र सोमकुमार गन्धर्वले सारङ्गी साँझ प्रस्तुत गरेका थिए । कलाकार शारदा प्रसाद घिमिरेले नाक र मुखबाट बाँसुरी, मादल र चराचुरुङ्गीको आवाज निकालेका थिए ।

भविष्यमा बालबालिकाहरूलाई साहित्यिक र साङ्गीतिक क्षेत्रमा लाग्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको संयोजन ध्रुव एलेक्सले बताए । कार्यक्रममा धनकुटासहित छिमेकी जिल्लाका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!