संगालोखबर

विराटनगर । भारतको बैङ्गलोरमा भएको १०औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्णपदक जितेका हुन् ।

Advertisement

यस्तै, झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त गरेका छन् । एकल प्याटनमा पाँचौं डानतर्फको प्रतिस्पर्धामा मङ्गोलियाका खेलाडीलाई पराजित गरेर राजमन्दिरले स्वर्णपदक जितेका हुन् । ९१ किलो तौलमाथिको प्रतिस्पर्धामा किशोरवरुणले भारतका खेलाडीलाई हराएर स्वर्णपदक प्राप्त गरे ।

यसैगरी, चन्द्रबहादुरले ६३ देखि ७० किलो तौल समूहमा प्रतिस्पर्धा गरेर रजत पदक प्राप्त गरे । उनले ताजिकिस्तानका खेलाडीलाई हराएका हुन् । भदौ ४ देखि ९ गतेसम्म भएको प्रतियोगितामा नेपालबाट खेलाडी, अम्पायर र अफिसियल गरेर १५ जना सहभागी भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!