संगालोखबर

विराटनगर । अमेरिकाका गोली हानेर नेपाली विद्यार्थीको हत्या भएको छ । सोमबार अपराह्‍न टेक्सास राज्यस्थित ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको हो ।

Advertisement

अमेरिकाबाट प्रकाशित हुने अनलाइन ‘हिमालय खबर’ का अनुसार ह्युस्टनको एक कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कसले किन हत्या गर्यो भन्ने खुलेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

ती विद्यार्थी ह्युस्टनको हिलक्रप्ट स्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले अपार्टमेन्टमा छापा हानेर शव अस्पताललाई जिम्मा लगाएको छ भने मृतकको नाम मुना पाण्डे भएको बताइएको छ ।

मृतकको नेपालमा रहेकी आमा र परिवारलाई खबर भइसकेको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!