संगालोखबर


विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको नवौँ दिन आज ‘ज्ञ’ नामक नाटक मञ्चन भएको छ । हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले नाटक मञ्चन गरेको हो ।

विद्यार्थीहरू प्रतीक्षा अधिकारीको लेखन तथा सोनाम तामाङको निर्देशन रहेको नाटकमा नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरूलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको थियो । नाटकमा संयोग भट्टराई, साइन तिमिल्सिना, अनुज प्रधान, निस्मा गिरी, ईश्वर मेहता, आराध्या दाहाल लगायतको अभिनय रहेको थियो ।

Advertisement

आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ गतेदेखि शुरु भएको महोत्सवको अन्तिम दिन भोलि एकता सेकेन्डरी स्कुलले तयार पारेको ‘साबित्रीको बाख्रो’ नामक नाटक मञ्चन हुनेछ ।  

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!