संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति ग्रामथान-४ कटहरास्थित जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेको अवस्थामा १८ लाख ५१ हजार पाँच सय रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।माझीसहित सुनसरीको दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैँचा-१ का ५० वर्षीय जनक कुमार मास्के, महोत्तरीका ४५ वर्षीय महेश साह पक्राउ परेका हुन् ।

Advertisement

यस्तै ग्रामथान गाउँपालिका-४ का अहिलाल माझी, धरान उपमहानगरपालिका-१५ का युवक राई, दमक नगरपालिका-१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, लेटाङ नगरपालिका-९ का ३८ वर्षीय लोकनाथ सापकोटा र सुन्दरहरैँचा-३ का ३२ वर्षीय प्रताप राई पक्राउ परेका हुन्  ।

सुनसरी, झापा र मोरङका विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका जुवाडेहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । छापा हान्ने क्रममा फरार भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत मोरङ अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गर्ने मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!