संगालोखबर


धनकुटा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको छ । ६० औं बालदिवसको अवसरमा भाषा माध्यमिक विद्यालय धनकुटा इकाईले आज कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न प्रतियोगिता भएका थिए । नर्सरी र केजीका बालबालिकालाई तातो आलु प्रतियोगिता गराइएको परिषद्का प्रदेश सचिव जितेन लोहारले जानकारी दिए ।  तातो आलु प्रतियोगितामा सुबेक्षा तामाङ प्रथम, युबन् लिम्बू द्वितीय र रियान राई तृतीय भएका थिए ।

Advertisement

यसैगरी कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूलाई भित्र बाहिर खेल खेलाइएको थियो । जसमा रेनिशा खत्री प्रथम, समिक सुनुवार द्वितीय र युनिक कार्की तृतीय भएका थिए । कक्षा ४ र ५ का बालबालिकाहरूलाई हस्तलेखन प्रतियोगिता गराइएको थियो ।

जसमा इम्जा गुरुङ प्रथम, सृष्टि राई द्वितीय र प्रकृति विसुङ्खे तृतीय भएका थिए । यसैगरी नृत्य प्रतियोगिता तर्फ मिगिन मगरको समुह प्रथम, क्रिस्टिना राईको समुह द्वितीय र विपिसा राईको समुह तृतीय भएको थियो ।

परिषद्ले विद्यालयहरूमा विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आएको प्रदेश सचिव लोहारले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!