संगालोखबर


काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले धरपकड गर्दै जबरजस्ती पक्राउ गर्न खोजेको भन्दै चौतर्फी आलोचना भएको छ ।

प्रेस चौतारी र पत्रकार महासङ्घले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिने व्यवस्था हुँदाहुँदै धरपकड गर्न खोज्नु गलत भएको उल्लेख गरेका छन् ।

Advertisement

जनता टाइम्स अनलाइनका सञ्चालक समेत रहेका बस्नेतलाई काठमाडौंको बागबजार स्थित होटल हार्दिकबाट प्रहरीले आज दिउँसो पक्राउ गर्न खोजेको थियो ।

पत्रकारहरूको टोलीले प्रतिवाद गरेपछि प्रहरीको टोली फर्किएको थियो । समाचारको विषयमा उजुरी परेपछि बस्नेतसँग सोधपुछ गर्न खोजिएको साइबर ब्युरोले उल्लेख गरेको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!