संगालोखबर

विराटनगर । आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज तोलामा एक हजार बढेर सुन तोलामा एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

हिजो छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको थियो । यसअघि गत शुक्रबार तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा एक हजार ७६५ रुपैयाँ कायम भएको चाँदी मूल्य आज एक हजार सात सय ८० रुपैयाँ पुगेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!