संगालोखबर

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन जारी राखेका छन् । विभिन्न ९ बुँदे मागसहित हिजो दिउँसो ४ बजेबाट अनशन सुरु गरेका कार्कीले दोस्रो दिन पनि अनशन जारी राखेका हुन् ।

Advertisement

कार्कीले अनशन सुरु गर्नुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। कार्की निषेधित क्षेत्रमा अनशन बसेपछि बल प्रयोग गरेर प्रहरीले हटाएको थियो ।

अनशनरत पक्षसँग केही समयको घम्साघम्सी पछि केही नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने कार्कीलाई घरमा लगेर छाडिदिएको थियो । घरमा छाडिएका कार्की राति पुनः आएर निषेधित क्षेत्र बाहिर अनशन बसेका हुन् ।

नियन्त्रणमा लिएको केही समयमा नै नेता कार्यकर्तालाई प्रहरीले छाडिदिएको थियो । अनशनरत स्थलमा राति नै हस्ताक्षर अभियानको पनि सुरुवात भएको छ । कार्कीले आफूले राखेका माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने बताएका छन् । कार्कीको अनशनमा अन्य पार्टीका नेताहरूले पनि ऐक्यवद्धता जनाएका छन् ।

विशिष्टीकृत सेवासहित १० वर्षमुनिका बालबालिकाकाको निःशुल्क उपचार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने कोशी प्रदेश सरकारसँग कार्कीले माग राखेका छन् ।

यस्तै घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत राख्नुपर्ने, सुनसरी-मोरङ केशलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जङ्गल निर्माण गर्नुपर्ने उनले राखेका मग हुन् ।

उनले मुख्यमन्त्री कार्कीलाई ४८ घण्टे अल्टिमेटम दिँदै स्मरण पत्र समेत बुझाएका थिए । माग सम्बोधनमा मुख्यमन्त्रीले चासो नदिएपछि कार्कीले अनशन सुरु गरेका हुन् ।

यो पनि-

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!