संगालोखबर


विराटनगर । कोशी प्रदेश एक हजार बढीमा डेंगु सङ्क्रमण भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार कोशीमा एक हजार २७ जनामा डेंगु सङ्क्रमण भएको छ ।

देशभर नौं हजार चार सय ८६ जनामा डेंगु सङ्क्रमण भइसकेको छ । सङ्क्रमित सङ्ख्यामध्ये चार हजार पाँच सय ३९ जना सङ्क्रमित गण्डकी प्रदेशमा छन् ।

Advertisement

बागमतीमा दुई हजार चार सय ५३, मधेसमा एक सय ८०, लुम्बिनीमा छ सय ४४, कर्णालीमा एक सय ३९ जना र सुदूरपश्चिममा पाँच सय चार जनामा डेंगु पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!