संगालोखबर


विराटनगर । आज सुनको मूल्य तोलामा तीन हजारले वृद्धि भएको छ । तोलामा तीन हजार बढेको सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ५६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

Advertisement

हिजो सुनको मूल्य तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको थियो । बुधवार सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!