संगालोखबर


विराटनगर । विराटनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर-१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ । मोटरसाइकल चालक विराटनगर-१५ का १८ वर्षीय राजीव मण्डल पनि गम्भिर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

विराटनगर-१४ स्थित कोशी राजमार्गमा पार्किङ गरेर राखिएको यूपी ३ पी २८९१ नम्बरको ट्रकमा रानीतर्फ जाँदै गरेको प्रदेश १-०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!