संगालोखबर


विराटनगर । कोशी प्रदेशमा काङ्ग्रेसबाट सहभागी तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारमा सहभागी मन्त्रीहरूलाई सपथ खुवाएका हुन् ।

काङ्ग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका भुपेन्द्र राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । खगेनसिंह हाङ्गामले उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सदानन्द मण्डलले पर्यटन , वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Advertisement

यसैगरी भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । राई र राजवंशी कृष्णप्रसाद सिटौला समूहका नेता हुन् भने हाङ्गाम र मण्डल संस्थापन पक्षका नेता हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!