कोशी खेलकुद महोत्सव : पुरुष दौडमा तेह्रथुमका लिम्बू र महिलामा खोटाङकी बस्नेत प्रथम
विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तरगत पाँच किलोमिटर पुरुष तथा महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बु र महिलातर्फ खोटाङकी दिपा बस्नेत प्रथम भएका छन् ।
लिम्बूले १५ मिनेट ४४ सेकेन्डमा पाँच किलोमिटर पूरा गरेका थिए । पाँचथरका ओसन राईले १५ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गर्दा ताप्लेजुङका अमिर लिम्बूले १६ मिनेट ११ सेकेन्डमा...





























