संगालोखबर


विराटनगर । आज सुनको मूल्य बढेको छ । आइतबार दुई हजार सात सय रुपैयाँले घटेको सुनको मूल्य आज एक हजार दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार १५ रुपैयाँ घटेको चाँदीको मूल्य आज १५ रुपैयाँले नै बढेको छ । आज चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!