संगालोखबर


विराटनगर । बरिष्ठ ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. मोहन खड्काले विराटनगरको लाइफगार्ड अस्पतालबाट उपचार सेवा दिने भएका छन् । अस्पतालले आज पत्रकार सम्मेलन गर्दै डा. खड्कालाई टिममा भित्र्याएको जनाएको हो ।

लेटाङ घर भएका डा. खड्का विगत चार वर्षदेखि विराट टिचिङ हस्पिटलमा काम गर्दै आएका थिए । पेट तथा कलेजो सम्बन्धी एमडी गरे लगत्तै माल्दिभ्सको राजधानी मालिकोमा सेवा दिने उनी पहिलो डाक्टर हुन् ।

Advertisement

विराटनगरको नोबेल मेडिकल कलेजमा २०११ देखि उपचार सेवा सुरु गरेका उनले विराटनगरका अन्य अस्पतालमा पनि काम गरिसकेका छन् । डा. खड्काले आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई आफूले निःशुल्क उपचार गरिदिने प्रतिवद्धता जनाए ।

यसमा अस्पतालले पनि सहयोग गर्ने लाइफगार्डका सञ्चालक इन्द्र भुजेलले बताए । ‘उहाँ (खड्का) जत्तिको विशेषज्ञलाई अस्पतालमा भित्र्याउँदा खुसी लागेको छ । उहाँले दिने सेवाले बिरामीहरू लाभान्वित हुनेछन्’, भुजेलले भने ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!