विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । सोमबार एक हजार दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज सात सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर छ । सोमबार १५ रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।