संगालोखबर


विराटनगर । विराट गोल्डकपको नवौँ संस्करण फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । ‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने मूल नाराका साथ प्रतियोगिता हुन लागेको हो ।

आयोजकले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा भारतका दुई र नेपालका आठ सहित १० टिमले सहभागिता जनाउने जानकारी दिएको छ ।

Advertisement

भारतबाट साउथर्न समिति फुटबल क्लब कोलकाता र सुदेभा दिल्ली फुटबल क्लब सहभागि हुनेछन् । नेपालका थ्री स्टार, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआटी क्लब, एपिएफ क्लब, चर्ज ब्वाइज र रिजालको मोरङ एफसी सहभागी हुनेछन् ।

प्रतियोगिता संचालनका लागि रंगशाला तथा फ्लड लाइट मर्मत गर्ने काम भइरहेको गोल्डकपका संयोजक नवीन रिजालले जानकारी दिए ।

गोल्डकप सम्पन्न गर्न एक करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेता टिमले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् । यस्तै उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५-१५ हजार रुपैयाँ पाउने छन् ।

दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितामा दैनिक राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने रिजालले जानकारी दिए ।

यस्तै दर्शकमध्ये दैनिक पाँच जनालाई ‘फेस अफ दी विराट गोल्डकप’ छनोट गरेर ताज पहिराउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!