संगालोखबर


विराटनगर । वैज्ञानिक डा. विष्णु रायमाझीले ‘एभरेष्ट एजुकेशन एक्जिबिसन’ बालबालिकाको भविष्य बनाउने माध्यम हुने बताएका छन् । आज विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय एक्जिबिसनको उद्‌घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्ता एक्जिबिसनले बालबालिकालाई सिक्ने-सिकाउने कुरामा धेरै अभिप्रेरणा मिल्ने उनले बताए । यसले बालबालिकाहरूलाई सफ व्यक्ति बन्न सघाउ पुग्ने उनको भनाइ थियो ।

Advertisement

बालबालिकाको रुचि अनुसारको ‘इनोभेटिभ’ कुरा वा ‘क्रिटिकल थिङकिङ’लाई अभिभावकले नजिकबाट बुझेर प्रोत्साहन गर्न सक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गर्न सहयोग पुग्ने उनले बताए ।

विद्यालयका अध्यक्ष विनोद ढकालले एभरेष्टका बालबालिकाले आफ्नो सिकाइलाई व्यवहारमा लागूगर्न सकुन् भनेर हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको सुनाए । उनले एभरेष्ट स्कुललाई उत्कृष्ट शिक्षण थलोको रूपमा स्थापित गर्न प्रयत्नशील रहेको बताए ।

प्राचार्य टिकाराम पुरीले विराटनगरमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर आफूहरूले काम गरिरहेको उल्लेख गरे । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एभरेष्टका विद्यार्थीहरूले लिएको जिम्मेवारीले आफूहरूलाई गर्व लाग्ने उनले बताए । भोलिसम्म चल्ने एक्जिबिसनमा दुई हजार पाँच सय विद्यार्थीहरूले पाठ्यक्रम अनुसारका परियोजनाहरूको प्रदर्शनी गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!