ताप्लेजुङ । पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा गत फागुन महिनामा १३ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिर दर्शन गर्न आएका भक्तजनबाट १३ लाख ३ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
फागुन महिनामा पाथीभरा दर्शन गर्न आएका ७ हजार ४ सय २८ जना भक्तजनहरूबाट भेटी सङ्कलन भएको हो । यसअघि माघ महिनामा पाथीभरामा २४ लाख १ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको थियो । माघ महिनाको तुलनामा फागुनमा १० लाख ९८ हजार रुपैयाँ भेटी कम भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन भएको भेटी रकमको विवरण हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
भिडियो…