कारमा २४३ किलो गाँजा ओसार्ने धनकुटाका युवक इटहरीमा पक्राउ

कारमा २४३ किलो गाँजा ओसार्ने धनकुटाका युवक इटहरीमा पक्राउ

सुनसरी । सुनसरीको इटहरीबाट २४३ किलो गाँजासहित धनकुटाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३४ वर्षीय दर्शन राई आज बिहान पक्राउ परेका हुन् । इटहरी उपमहानगर–९ स्थित साथी पेट्रोल पम्प अगाडि सवारी साधन जाँच गर्ने क्रममा उनलाई बा १५ च ७१४४ नम्बरको कारसहित प्रहरीले नियन्त्रणमा लिएको हो । कारको डिकीमा कालो प्लाष्टिकले बेरेर राखेको ९ पोका गाँजा बरामद गरिएको इलाका प...
स्नातक तहमा पनि अब मौका परीक्षा दिन पाइने

स्नातक तहमा पनि अब मौका परीक्षा दिन पाइने

विराटनगर । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा अनुत्तीर्ण हुने विद्यार्थीले एक महिनाभित्र मौका (पूरक परीक्षा) दिन पाउने व्यवस्था गरेको छ । त्रिवि प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुत्तीर्ण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको हो । उपकुलपति केशरजङ्ग बरालका अनुसार सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था रहेकोमा अब वार्षिक प्रणालीमा...
लागुऔषध ओसारपसार गर्ने ६ जना पक्राउ

लागुऔषध ओसारपसार गर्ने ६ जना पक्राउ

विराटनगर । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट अवैध लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  धरान–२० बाट इटहरी उपमहानगरपालिका–१० का ४० बर्षीय रामकुमार चौधरी र इटहरी–११ का ३६ वर्षीय मोहन कार्कीलाई १२ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी, मोरङको केराबारी–८ बाट केराबारी–७ का १९ वर्षीय साजन लिम्बु, केराबारी–१ का २२ वर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउ...
उदयपुरको त्रियुगामा भाइरल ज्वरोका बिरामी बढे

उदयपुरको त्रियुगामा भाइरल ज्वरोका बिरामी बढे

उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । अस्पताल प्रशासनका अनुसार ५० शय्या क्षमताको अस्पतालमा दैनिक तीन सयजना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले बताए ।  शैय्या अभावमा बिरामीलाई भुइँमा राखेर उपचार...
एसीसी एसिया कपः नेपाल र पाकिस्तान आज भिड्दै

एसीसी एसिया कपः नेपाल र पाकिस्तान आज भिड्दै

काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्दीविरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । नेपालले प्रतियोगिताको उद्‌घाटन खेलमा चिरपरिचित प्रतिस्पर्धी युए...
आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ...
प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाइँदै

विराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । २०१५ को संसदीय निर्वाचनपछि २०...
गुरुलाई सम्मान प्रकट गरी गुरुपूर्णिमा मनाइँदै

गुरुलाई सम्मान प्रकट गरी गुरुपूर्णिमा मनाइँदै

विराटनगर । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा दे...
उर्लाबारीमा बसको ठक्करले पैदलयात्रीको मृत्यु

उर्लाबारीमा बसको ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा बसको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको उर्लाबारी नगरपालिका–४ मा पर्ने खण्डमा भएको दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार पथरीबाट उर्लाबारीतर्फ आउदै गरेको मे.१ ख. २३६३ नम्बरको बसले पैदलयात्री स्थानीय ६५ वर्षीय गज धिमाललाई ठक्कर दिएको थियो । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको स्थानीय अरनिको अस्पतालमा प्रार...
बंगलादेशमा तनाव जारीः ८०० नेपाली विद्यार्थी स्वदेश फिर्ता

बंगलादेशमा तनाव जारीः ८०० नेपाली विद्यार्थी स्वदेश फिर्ता

काठमाडौँ । बंगलादेशमा जारी तनावका कारण ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो । उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो । ‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’ मन्त्रालयको भनाइ छ’ ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थी...
आयोजक माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

आयोजक माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

विराटनगर । माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । चार टोली समिलित प्रतियोगितामा एक जितले नेपाल सेमिफाइनल प्रवेश गर्न सफल भयो । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९ र २५-...
जनअपेक्षा अनुसार काम गर्न सकिएको छैनः मुख्यमन्त्री कार्की

जनअपेक्षा अनुसार काम गर्न सकिएको छैनः मुख्यमन्त्री कार्की

उदयपुर । प्रदेश सरकारको नेतृत्व गरिरहँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उदयपुरस्थित चौदण्डीगढी नगर कमिटीद्वारा शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको जनाउँदै दुःख ब्यक्त गरेका हुन् । स्थिर सरकार नभएर फेरबदलको खेल मुख्य जिम्मेवार भएको भन्दै मुख्यमन्त्री कार्कीले कांग्रेससँगको वर्तम...
खेलकुद महासंघ विराटनगरको अध्यक्षमा ताम्राकार

खेलकुद महासंघ विराटनगरको अध्यक्षमा ताम्राकार

विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको आज सम्पन्न प्रथम अधिवेशनले जतिन ताम्राकारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा उमेश कटवाल र दिपा बस्नेत, सचिवमा विशाल बानियाँ, सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर तथा कोषाध्यक्षमा चाँदनी मिश्र चयन भएका छन् । यसैगरी सदस्यलगायत गरी ३५ जना चयन भएका छन् । अधिवेशनको उद्घाटन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रद...
सोलुखुम्बुको थुलुङ दुधकोशीमा पाहुना आएका भिनाजुको हत्या

सोलुखुम्बुको थुलुङ दुधकोशीमा पाहुना आएका भिनाजुको हत्या

सोलुखुम्बु । आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा सोलुखुम्बुको थुलुङ दुधकोशीका एकजना व्यक्ति पक्राउ परेका छन् । उनले आफ्नै भिनाजु थुलुङ दुधकोशी गाउँपालिका–१ नेले घर भएका ६० वर्षीय सुरेश बस्नेतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गरेको अभियोगमा स्थानीय ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका भिनाजु सुरेशलाई खुकुरी ...
ओखलढुंगामा महिलाद्वारा विष खुवाएर दुई महिने छोराको हत्या

ओखलढुंगामा महिलाद्वारा विष खुवाएर दुई महिने छोराको हत्या

ओखलढुंगा । ओखलढुंगामा एकजना महिलाले आफ्ना दुई महिने छोराको विष खुवाएर हत्या गरेकी छन् । प्रहरीका अनुसार सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईले आफ्नै छोराको हत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार ती महिलाले छोरालाई विष खुवाएर हत्या गरी जंगलमा लगेर फालेको स्वीकार गरेकी छन् । बालकलाई कीराबाट बाली जोगाउन खेतबारीमा प...
यु–२० भलिबल च्याम्पियनसिपमा माल्दिभ्ससँग भिड्दै नेपाल

यु–२० भलिबल च्याम्पियनसिपमा माल्दिभ्ससँग भिड्दै नेपाल

विराटनगर । माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेल घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । यसअघि भएका कमी कमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए । चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३–...
विराटनगरमा पुष्पलाल स्मृति कविता प्रतियोगिताः रायमाझी प्रथम

विराटनगरमा पुष्पलाल स्मृति कविता प्रतियोगिताः रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि लक्ष्मी रायमाझी प्रथम भइन् । त्यस्तै, ‘यही हो त परिवर्तन’ शीर्षकको कविता वाचन गरेर नुवाकोटका कवि सुजन डोटेल द्वितीय भए भने विराटनगरकी री...
बंगलादेशमा हिंसा चर्कियोः सुरक्षा खोज्दै १५८ जना नेपाली मेघालयमा

बंगलादेशमा हिंसा चर्कियोः सुरक्षा खोज्दै १५८ जना नेपाली मेघालयमा

काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा जारी हिंसात्मक प्रदर्शनबाट जोगिन नेपालीसहित भूटानी र भारतीय विद्यार्थीहरु भारतको मेघालय पुगेका छन् । ज्यान जोगाएर मेघालय पुगेका नेपाली, भूटानी र भारतीयको संख्या ३६० रहेको भारतीय समाचार संस्था पिटीआइले जनाएको छ । उनीहरु हिंसा प्रभावित बंगलादेशबाट लुकेर मेघालय पुगेका हुन् । उनीहरुले त्यहाँ पुगेर विभिन्न स्थानमा शरण लिएर बसेका छन् । यसरी त्यहाँ भेला हुनेको संख्...
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’ जारी

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’ जारी

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले शनिवार पार्टीका सबै सांसदलाई एसएमएस पठाउँदै आइतबार (साउन ६ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् । 'साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव पेस ...
विपद् घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई २ लाख

विपद् घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई २ लाख

काठमाडौँ । मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्डअनुरुप दुई लाख रुपैयाँका दरले राहत दिइएको छ । यसका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा रकम गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको हो । मनसुनको अवधिमा सबै प्रकृतिका विपदमा परेर अहिलेसम्म १२५ जनाभन्दा बढीको मृत्यु...
अवैध रुपमा निकासी गर्न लागिएको काठ बरामद

अवैध रुपमा निकासी गर्न लागिएको काठ बरामद

झापा । झापाको शिवसताक्षीमा अवैध रुपले निकासी गर्न लागिएको सखुवा काठ बरामद भएको छ । माईधारस्थित प्रहरी चौकीको टोली र गैंडे सामुदायिक वन उपभोक्ता समूहको टोलीले पिकपअ गाडीमा राखेर लैजान लागिएको काठ नियन्त्रणमा लिएका हुन् । आज बिहान गस्ती गर्ने क्रममा शिवसताक्षी नगरपालिका–१० मा पर्ने कन्काई नदी बगरमा मे १ च ६२३६ नम्बरको पिकअप भ्यानमा सखुवा जातको ५२ क्युफिट चिरान काठ बरामद भएको हो । अन्दाजी १ लाख ५...
पहिरोले इलामको सूर्योदयका चार परिवार विस्थापित

पहिरोले इलामको सूर्योदयका चार परिवार विस्थापित

इलाम । इलामको सूर्योदय नगरपालिका–५ मा पर्ने समालबुङ गाउँमा पहिरोका कारण चार पपरवार विस्थापित बनेका छन् । घर क्षतिग्रस्त भएपछि उनीहरु गोठमा बसिरहेका छन् । पहिरोले घरमा क्षति पुर्याउँदा स्थानीय लालबहादुर देवान, साखबहादुर देवान, कुसुम देवान र वेदप्रसाद देवानको परिवार विस्थापित बनेको हो । पहिरोले उनीहरुको करिब ४५ रोपनी जग्गा पुरेको छ । उनीहरुले लगाएको अलैंची, चिया, अम्रिसोलगायत खेती पनि पहिरोका का...
६२ पदकसहित नेपाल बन्यो च्याम्पियन

६२ पदकसहित नेपाल बन्यो च्याम्पियन

विराटनगर । भुटानमा सम्पन्न ८औँ साउथ एसियन कराते प्रतियोगितामा ६२ वटा पदक जित्दै नेपाल प्रथम बनेको छ । ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कूल ६२ पदकसहित नेपाली टिम प्रथम भएको हो । प्रतियोगिताको अन्तिम दिन हिजो नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरुमा पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियरतर्फ –६८ किलोमा निशान तामाङ्ग, त्यसैगरी यु–२१, –८४ किलोमा गौरव नेपाल, –८४ किलोमा ...
नेपालले यूएईलाई ६ विकेटले हरायो

नेपालले यूएईलाई ६ विकेटले हरायो

काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’ को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय...
धनकुटामा बस र ट्याङ्कर जुध्दा १२ जना घाइते

धनकुटामा बस र ट्याङ्कर जुध्दा १२ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका-१ सुकेपोखरीमा आज बस र ट्याङ्कर जुध्दा १२ जना घाइते भएका छन् । धरानबाट संखुवासभाको आँखीभुईं जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर बिहान करिब ११ः३० बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी संखुवासभाको धर्मदेवी-३ की १४ वर्षीया संगिता पौडेल, धर्मदेवी-६ का ३२ वर्षीय निराजन बस्नेत, ३१ वर्षीया मेनुका पौडेल र ५४ वर्षीय वि...
पहिरोले ताप्लेजुङको तापेथोकमा क्षति, बिजुली अवरुद्ध

पहिरोले ताप्लेजुङको तापेथोकमा क्षति, बिजुली अवरुद्ध

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा गएको पहिरोले क्षति पुर्याएको छ । पहिरोले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी लगायतमा क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरोका कारण मानवीय क्षति भने भएको छैन । पहिरो झरेपछि तमोर करिडोरको सडक अवरुद्ध बनेको छ । यसैगरी, विभिन्न स्थानमा रहेका बिजुलीका खम्बामा क्षति भएपछि विद्युत् अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजन ल...
धनकुटाबाट पैसा लगेर फिर्ता नदिने व्यक्ति संखुवासभामा पक्राउ

धनकुटाबाट पैसा लगेर फिर्ता नदिने व्यक्ति संखुवासभामा पक्राउ

धनकुटा । पैसा लगेर फिर्ता नदिएको अभियोगमा संखुवासभाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-४ सेकाहाका ५४ वर्षीय लक्ष्मण राई छन् । प्रहरीका अनुसार राईले धनकुटाका एक व्यक्तिबाट पैसा लिएका थिए । उनले १६ लाख ५० हजार पैसा फिर्ता गर्नुपर्ने छ । तर, फिर्ता गर्ने बेलामा पैसा नभएको बैंक खाताको चेक दिएर ‘चेक बाउन्स’ भएपछि उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा कारबाही प्रकृय...
गाडीको ठक्करले सुनसरीमा दुईजना पैदलयात्रीको मृत्यु

गाडीको ठक्करले सुनसरीमा दुईजना पैदलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका र कोशी गाउँपालिकामा गएराति भएका बेग्लाबेग्लै दुर्घटनामा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । दुवैजनाको उपचारका क्रममा विराटनगरका अस्पतालमा मृत्यु भएको हो । कोशी गाउँपालिका–२ मा मधुवनबाट लौकही आउँदै गरेको प्रदेश १–०२–००४ ह १४०६ नम्बरको सिटी सफारीले ठक्कर दिंदा पैदलयात्री स्थानीय ६५ वर्षीया मालतीदेवी साहको मृत्यु भएको हो । ठक्करले गम्भीर घाइते भएकी उनको उपचा...
एसिया कपको उद्घाटन खेलमा युएईविरुद्ध खेल्दै नेपाल

एसिया कपको उद्घाटन खेलमा युएईविरुद्ध खेल्दै नेपाल

विराटनगर । महिला एसिया कप क्रिकेट आज सुरु हुँदैछ । जुलाई २८ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा ८ देशले भाग लिदै छन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्ड एसिया कप खेल्दै छन् । नेपाल समूह ‘ए’ मा छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ‘ए’ मा छ भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र ...
रतुवा खोलाले बगाएर झापामा युवकको मृत्यु

रतुवा खोलाले बगाएर झापामा युवकको मृत्यु

झापा । झापामा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । दमक नगरपालिका–८ स्थित रतुवा खोलामा घुङ्गी टिप्न भनी गएका शिवसताक्षी नगरपालिका–३ का ३६ वर्षीय राजु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट गएका उनी ढिलोसम्म नफर्किएपछि खोजी गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको पहलमा खोजी गर्दा दिपिनी खोला र रतुवा खोलाको दोभानमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पोष्टमार्टम...
विराटनगरमा गाँजा किनबेचमा संलग्न दुईजना पक्राउ

विराटनगरमा गाँजा किनबेचमा संलग्न दुईजना पक्राउ

विराटनगर । गाँजा किनबेचमा संलग्न रहेका दुईजनालाई आज प्रहरीले विराटनगरमा पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले गाँजा बेच्ने र किन्नेलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ६८ वर्षीय रघुनाथ साह र विराटनगर–१३ का १९ वर्षीय आनन्द कोइरी छन् । साहलाई आफ्नै घरबाट गाँजा बिक्री गर्दैगर्दा र...
error: Content is protected !!