संगालोखबर

भोजपुर । भोजपुरका एक व्यक्तिले बाटोमा भेटेको ५ लाख ५० हजार मूल्य बराबरको सुनको सिक्री सम्बन्धित धनीलाई फिर्ता दिएका छन् । भोजपुर नगरपालिका–१२, टक्सार पारपानीका नवराज आचार्यले बाटोमा भेटेको ३ तोला २ आनाको सुनको सिक्री सम्बन्धित धनी प्रकाश राईलाई फिर्ता दिएका हुन् ।

Advertisement

सिक्री हराएपछि प्रकाशको परिवार पीडामा थियो । छिमेकी आचार्यले सिक्री भेटेर दिएपछि उनीहरु हर्षित भएका छन् । सिक्री फिर्ता गर्ने आचार्यलाई वडा कार्यालयमा कार्यक्रम आयोजना गरेर सम्मान पनि गरिएको छ । सिक्री धनी प्रकाश र वडाध्यक्ष देवीप्रसाद कार्कीले आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

आचार्यले इमान्दारिता र असल मानवीय धर्म निर्वाह गरेको भन्दै सो अवसरमा प्रशंसा पनि गरिएको छ । सिक्री फिर्ता पाएपछि प्रकाशले कार्यक्रममा आचार्यको प्रशंसा गर्दै भावुक भएर हर्षको आँसुसमेत झारेका छन् ।

भिडियो…

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!