विराटनगरमा सहपाठीको कुटाइले विद्यार्थी घाइते
विराटनगर । विराटनगरमा विद्यार्थीहरूबीच गएराति कुटाकुट हुँदा एकजना घाइते भएका छन् । कुटपिटबाट बाराको कलैया नगरपालिका–१३ घर भइ विराटनगर–१ मा बस्दै आएका २१ वर्षीय रवीन्द्रप्रसाद कुशवाहा घाइते भएको प्रहरीले जनाएको छ ।
टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार विराटनगर–१ स...






























