
सुनसरी । सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-७ का ५९ वर्षीय शुक्रबहादुर नेपाली छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ ५ बजे उनलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
धरान उपमहानगरपालिका-१७ रेल्वे लाइन आसपासमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको डीएसपी खतिवडाको भनाइ छ । उनलाई जिल्ला अदालत मोरङले २०६७ साल बैशाख २० गते पाँच वर्ष कैद सजाय तोकेको थियो ।
उनलाई जिल्ला अदालत सुनसरीमा पेस गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













