सुनसरीको दुहबीमा कारबाट एक सय १६ किलो गाँजा बरामद
विराटनगर । सुनसरीबाट ठूलो मात्रामा गाँजा बरामद भएको छ । दुहबी नगरपालिका-४ मालहट्टीबाट प्रहरीले गाँजा बरामद गरेको हो ।
शनिबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा ७ च ९२६३ नम्बरको कारको डिकीमा गाँजा फेला पारेको थियो । प्रहरीका अनुसार चार वटा जेब्रा झोलामा गाँजा राखिएको थियो ।
गाँजा कहाँबाट ल्याएको र कहाँ लैजान लागिएको भन्ने खुल्न बाँकी छ । कार चालक भने फरार छन् । उनको खोजी कार्य तथा आवश...





























