स्कुल जान हिँडेका बालकको खोलामा डुबेर मृत्यु
पाँचथर । प्राङबुङस्थित कालिका माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थीको खोलामा डुबेर मृत्यु भएको छ । फालेलुङ–५ खेदोक निवासी बालकृष्ण राईका ११ वर्षीय छोरा दीप राईको खेदोक खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट स्कुल जान भनेर हिँडेका उनलाई हिजो अपराह्नतिर खोलामा तैरिरहेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । राईको सर्ट र स्कुल जाँदा प्रयोग गर्ने झोला...




























