संगालोखबर


विराटनगर । विराटनगर-४ र ५ को सिमानामा पर्ने हुलाकी सडकमा वृक्षरोपण अभियान सुरु गरिएको छ । ‘गो ग्रीन विराटनगर’ अभियान अन्तरगत सोही स्थानका युवा तथा अभियन्ताहरूले वृक्षरोपण अभियान सुरु गरेका हुन् ।

करिब तीन किलोमिटर सडक लामो समय निर्माण नहुँदा आजित भएका स्थानीयले सडक निर्माण भएसँगै सडक डिभाइडर र सडकको दुबै क्षेत्रमा बिरुवा रोप्ने अभियान सुरु गरिएको स्थानीय सुशील खड्काले जानकारी दिए ।

Advertisement

उक्त स्थानमा कपुर, स्वामी, निम, असारे फुल, पारिजात लगायतका १२ प्रजातिका बहु उपयोगी बिरुवाहरू रोपिएको उनको भनाइ छ । बिरुवा बढ्दै जाँदा उक्त क्षेत्रमा सौन्दर्य बढ्ने स्थानीयको विश्वास छ ।

दुई दिनमा २ किलोमिटर क्षेत्रमा बिरुवा रोपिएको र स्थानीयको उत्साह जनक सहभागिता रहेको अर्का अभियन्ता उत्तम दाहालले बताए ।

स्थानीय देवचन्द्र घिमिरेले वृक्षरोपण अभियानसँगै हरियाली नहर बनाउने उद्देश्यले फल्ने र फुल्ने बिरुवा रोपेर हराभरा बनाइने साथै सबैलाई समेटेर अघि बढ्ने बताए ।

उनीहरूले विराटनगरलाई स्वच्छ र हराभरा बनाउन सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । बिरुवा हुर्काउन पनि उत्तिकै जरुरी भएकाले आ-आफ्नो घरअगाडि रोपिएका बिरुवा सबैलाई संरक्षण गर्न उनीहरूले आग्रह गरेका छन् । अभियान नियमित रूपमा चलिरहेको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!