संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका-६ मधेसाका २३ वर्षीय ऋतिक भनिने विजयकुमार कामत र एक जना १४ वर्षीय नाबालक छन् ।

उनीहरूमाथि असार ५ गते धनकुटाकी एक १९ वर्षीया युवतीलाई घरमा एक्लै सुतिरहेको अवस्थामा राति १०ः३० बजेतिर जबरजस्ती करणी गरेको आरोप छ । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार युवती निदाइरहेको अवस्थामा कोठामा प्रवेश गरेर एक जनाले घाँटी थिचेको र एक जनाले पेटमा थिचेको सूचना प्राप्त भएको थियो ।

Advertisement

शरीरमा कसैले थिचेजस्तो असहज महसुस भएपछि ब्युँझिएकी युवतीले प्रतिकार गर्दा उनीहरू फरार भएका थिए । प्रहरीले प्राप्त गरेको सूचना अनुसार उनीहरूले युवतीको मुखमा कपालको लठ्ठा लगाइदिएको र नाकमा साइकलको ट्युबले बाँधिदिएका थिए ।

प्रहरीका अनुसार उनीहरूले कालो माक्स लगाएका थिए भने युवतीले लगाएको भेस्ट समेत च्यातिदिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा असार १० गते मंगलबार उनीहरूलाई धनकुटाबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मध्ये कामत धनकुटामा मोटरसाइकल ग्यारेजमा काम गर्ने गरेको खुलेको डीएसपी खनालले जानकारी दिए । पक्राउ परेका दुबै जनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!