विराटनगर । मोरङका १७ पालिकामध्ये केही बाहेकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् । प्रस्तुत बजेटले स्वास्थ्य, कृषि, पूर्वाधारलगायतलाई समेटेको छ ।
विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख रुपैयँँको बजेट प्रस्तुत गर्दा स्वास्थ्य र शिक्षामा नगरवासीको पँहुच बढाउने, स्थानीय श्रोत साधन र सीपको अधिकतम परिचालन हुने योजना, आर्थिक विकास र गरिबी न्यूनिकरणमा सहयोग पुर्याउनेलगायतका योजनाहरूलाई प्राथमिकता दिएको छ ।
यस्तै रंगेली नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९३ करोड ४० लाख ८९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यस्तै सुन्दरहरैँचा नगरपालिकाले १ अर्ब ७१ करोड २७ लाख ५९ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बजेटले विभिन्न क्षेत्रलाई समेटेको छ ।
उर्लाबारी नगरपालिकाले १ अर्ब १८ करोड ४० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । जसमध्ये सबैभन्दा बढी पूर्वाधार विकासमा छुट्याएको छ । मिक्लाजुङ गाउँपालिकाले ७९ करोड ९२ लाख ४९ हजार बराबरको बजेट प्रस्तुत गरेको छ भने शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
यसैगरी धनपालथान गाउँपालिकाको १६ औं गाउँसभाले ५९ करोड १८ लाख ७३ हजार बराबरको बजेट प्रस्तुत गर्दा कानेपोखरी गाउँपालिकाले ६७ करोड २९ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । रतुवामाई नगरपालिकाले कृषि, स्वास्थ्य लगायतलाई प्राथमिकता दिएर ८३ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
बेलबारी नगरपालिकाले एक अर्ब नौ करोड ४५ लाख बराबरको बजेट अनुमान प्रस्तुत गरेको छ भने लेटाङ नगरपालिकाले ६१ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
यस्तै सुनवर्षी नगरपालिकाले ६७ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दा पथरीशनिश्चरे नगरपालिकाले ८१ करोड ९९ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । बजेटमा स्वास्थ्य, शिक्षासँगै उत्पादन र उत्पादकत्वमा जोड दिइएको छ ।