मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ हजार ८६९ विपद्का घटनामा ७७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

Advertisement

आज आयोजित कार्यक्रममा वार्षिक कार्य प्रगति प्रस्तुत गर्दै कार्यालयले विभिन्न विपद्का घटनामा परी २७७ घाइते भएका जनाएको छ । विपद्का घटनामा परेर आव २०७९/८० मा ५७ जनाको मृत्यु भएको थियो । आव २०८०/८१ मा ४ जना बेपत्ता भएका कार्यालयले जनाएको छ ।

यसैगरी, विपद्का घटनामा परी २ हजार २०३ घरपरिवार प्रभावित भएका र १ हजार ४३८ घरपरिवार विस्थापित भएको कार्यालयले जनाएको छ । तीमध्ये ५१८ घरपरिवारलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । विपद्का घटनाबाट १ अर्ब ३८ करोड ३ लाख ६१ हजार बराबरको भौतिक क्षति भएको जनाइएको छ ।

मनसुनजन्य विपद्बाट २२ को मृत्यु

कोशी प्रदेशमा गत जेठ २८ देखि हालसम्म मनसुनजन्य विपद्बाट २२ जनाले ज्यान गुमाएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मनसुनजन्य विपद्बाट ३४ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन् ।

यो अवधिमा विपद्बाट ३७२ घरपरिवार प्रभावित भएका छन् भने ९०३ जना विस्थापित भएका छन् । जसमध्ये ४९ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ । मनसुनजन्य विपद्बाट ८ करोड १८ लाख ५१ हजार बराबरको भौतिक क्षति भएको कार्यालयले उल्लेख गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!