मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिकाले ‘महानगरीय सुलभ फार्मेसी’ सञ्चालन गर्न ६० लाख बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि महानगरले स्वास्थ्य विकासतर्फ विशेष नमुना कार्यक्रम अन्तरगत फार्मेसी सञ्चालनका लागि ६० लाख छुट्याएको हो ।

Advertisement

यस्तै, ८० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गर्न १० लाख विनियोजन गरिएको छ । निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालनका लागि ३५ लाख, मोतियाबिन्दु मुक्त महानगरपालिका कार्यक्रमका लागि १७ लाख बजेट विनियोजन गरेको हो ।

छोरी बचाउ छोरी पढाउ अभियान (गत वर्षको भुक्तानी समेत) का लागि २२ लाख, विराटनगर महानगरबासीलाई निःशुल्क रक्तदान सेवातर्फ १० लाख बजेट छुट्याएको जनाइएको छ ।

स्वास्थ्य विकासतर्फ नियमित कार्यक्रम अन्तरगत स्वास्थ्य विशेष सचेतना कार्यक्रम सञ्चालनका लागि २ लाख, निजी स्वास्थ्य संस्थाको अनुगमनका लागि ३ लाख, सूर्तीजन्य पदार्थ सेवन नियन्त्रण, न्यूनीकरण तथा जनचेतना कार्यक्रमका लागि १ लाख र लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि २ लाख बजेट छुट्याइएको छ ।

यस्तै, मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ कार्यान्वयन कोषका लागि १५ लाख बजेट छुट्याइएको छ ।

महानगरले लामखुट्टे नियन्त्रणतर्फ २५ लाख, महामारीजन्य रोगहरू नियन्त्रण तथा आरआरटी टिम परिचालनतर्फ ५ लाख, संक्रमणजन्य फोहोरमैलाको व्यवस्थापनका लागि ७ लाख र टिबी फ्री पालिकाको व्यवस्थापनका लागि ५ लाख बजेट छुट्याएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!