मोहन ढकाल/संगालोखबर

विराटनगर । भारी वर्षाका कारण विराटनगरका धेरै स्थान डुबानमा परेका छन् । डुबानका कारण धेरै घरपरिवार समस्यामा परेका छन् । समयमै नाला सफा नगर्दा घरभित्र पानी पसेको स्थानीय बताउँछन् । विराटनगर–६ रामपुरको धुदुवा पैनी सफा नहुँदा बस्तीमा बाढी पसेको उनीहरुको भनाइ छ ।

Advertisement

विराटनगर–६ की मीनादेवी पासवान घरमा पानी पसेका कारण बस्न समस्या भएको बताउँछिन् । वडा कार्यालयले नाला सफा गर्न चासो नदिँदा घरमा पानी पसेको उनको भनाइ छ ।

‘बारम्बार पानी निकासको बाटो बनाइदिनु भनेर वडा कार्यालय पनि धायौँ’, सोही स्थानकी गौरी दास भन्छिन्, ‘तर पनि सुनुवाइ भएन । भल पसेर भान्सामा चुलोदेखि सुत्ने ओछ्यानसम्मै हिलाम्य भएको छ ।’

सोही स्थानकी अरुलियादेवी पासवानको घरमा पानी पस्दा अन्नपात सबै भिजेको छ । घरमा जलमग्न पानी हुँदा बस्ने ठाउँ समेत नभएको उनले सुनाइन् ।

विराटनगर–२ सिंघिया खोला छेउका स्थानीय बाढी बढेसँगै अनिँदो बस्ने गरेको बताउँछन् । खोलामा तटबन्ध निर्माण नहुँदा हरेक वर्ष डुबानको समस्या भोग्न बाध्य भएको उनीहरूको भनाइ छ ।

विराटनगरसहित आसपास क्षेत्रमा रातिदेखि भारी वर्षा, अधिकांश क्षेत्र जलमग्न

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!