मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशलाई धानको बीउको स्रोत केन्द्रका रूपमा विकास गर्न १ करोड १८ लाख बजेट विनियोजन गरिएको छ ।

Advertisement

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षका लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कोशी प्रदेशलाई धानको बीउको स्रोत केन्द्रको रूपमा विकास गर्न बजेट विनियोजन गरेको बताए ।

गुणस्तरीय बीउको प्रयोगबाट मात्रै उत्पादनमा बृद्धि हुने भएकाले बजेट बिनियोजन गरिएको उनले उल्लेख गरे । रासायनिक मललाई बिस्तारै कम गर्दै र प्राङगारिक मलमा प्रोत्साहन गर्न २ करोड ७५ लाख बजेट बिनियोजन गरेको उनले उल्लेख गरे ।

प्रदेशलाई खोरेतमुक्त बनाउन १३ करोड ५७ लाख

यसैगरी, कोशी प्रदेशलाई खोरेत मुक्त बनाइने योजनाका साथ १३ करोड ५७ लाख बजेट बिनियोजन गरिएको छ । मन्त्री मगरले कोशीलाई तीन वर्ष भित्रमा खोरेतमुक्त बनाइने उल्लेख गरे ।

खोरेत मुक्तभएपछि दुग्ध र मासुजन्य पदार्थ विदेश निर्यात हुने उनको भनाइ छ । उनले खोरेत र पशु रोगको महामारी नियन्त्रण र भेटेरिनरी अस्पतालका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!