कोशी प्रदेश पर्यटन वर्ष २०८२ को लोगो र मस्कट सार्वजनिक
विराटनगर । कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन वर्ष २०८२’ को नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । बुधबार प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले औपचारिक रूपमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।
पर्यटन वर्षका लागि ‘रमणीय कोशी’ र ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा तय गरिएको छ ।
पर्यटन वर्षको औपचारिक उद्घाटन चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रमा ह...































