
धनकुटा । धनकुटा नगरपालिका-७ मा लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार राति करिब ९ बजे आफ्नै घरको छतमा जाने क्रममा भर्याङबाट लडेर ६१ वर्षीया व्रतकुमारी राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार एकतले घरको छतमा जानेक्रममा भर्याङबाट लडेर उनी बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा राति ९ः१६ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा नै राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।