संगालोखबर


विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गुटगत राजनीति नगरेको बताएकी छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँगको कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले आफूले कहिले गुट नबनाएको बताएकी हुन् ।

एमालेको भाबी अध्यक्षका रूपमा तपाईंले गुटगत राजनीति सुरू गर्नुभएको भन्ने टिप्पणी भइरहेको छ नि भन्ने प्रश्नमा उनले आफूले त्यस्तो नगरेको तर अरु आकांक्षीको मनमा प्रश्न उठेको हुनसक्ने बताइन् ।

Advertisement

उनले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी एमाले भएकाले कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको उल्लेख गरिन् । राष्ट्रपति हुनुभन्दा पहिले र संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको उनको भनाइ थियो ।

चीन भ्रमणबाट फर्किएपछि कोशी प्रदेशका मोरङ र सुनसरीमा चार दिन बिताइन् । उनले विराटनगरमा भएको पालिकाका उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गरिन् भने झापामा एमालेको एक कार्यक्रममा सहभागि भइन् । आज उनी काठमाडौं फर्किएकी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!