विराटनगर । सोमबारको तुलनामा आज थप गर्मी बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज केही डिग्री तापक्रम बढ्ने अनुमान गरेको हो ।
विभागका अनुसार आज विराटनगरको अधिकतम तापक्रम ३६-३८ डिग्री सेल्सियस पुग्ने छ । धरानको ३५-३७, नेपालगञ्जको ३९-४१, भैरहवाका ३९-४१, धनगढीको ३९-४१, दाङको ३९-४१, दिपायलको ३७-३९, घोराहीको ३५-३७, वीरगञ्जको ३६-३८, सिमराको ३६-३८ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
मौसमविद्का अनुसार बुधबारदेखि तापक्रम घट्ने तथा बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।