सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा वृद्धा मृत फेला
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ स्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा एक वृद्धा मृत फेला परेकी छन् । ग्रामथान गाउँपालिका-७ की ८९ वर्षीया तिलमाया खड्का नहरमा घोप्टो परेर डुबेको अवस्थामा आज मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार वृद्धा शनिबार घरबाट हराएकी थिइन् । वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टम...































