धनकुटा । अखिल नेपाल महिला संघ धनकुटाको १२ औं जिल्ला अधिवेशन आज हुने भएको छ । धनकुटा नगरपालिका-७ स्थित श्रीवनीमा रहेको नेपाल कम्युनिष्ट पार्टी कार्यालयमा अधिवेशन हुने छ ।
कार्यक्रमको उद्घाटन अनेम संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेले गर्ने अनेम संघ धनकुटाकी अध्यक्ष मनकुमारी तितुङले जानकारी दिइन् । अनेम संघ २००८ साल फाल्गुन २४ गते अन्तराष्ट्रिय श्रमिक दिवस (मे ८) का दिन स्थापना भए थियो ।
सामन्तवाद, साम्राज्यवाद, नवउदारवाद तथा पितृसतात्मक उत्पीडनका विरुद्ध नेपाली महिलाहरूलाई जागृत, सङ्गठित र आन्दोलन गर्दै अनेम संघ अगाडि बढेको अध्यक्ष तितुङले बताइन् ।
यस्तै महिला माथि हुने सबै प्रकारका विभेद, शोषण, उत्पिडित र हिंसाको अन्त्य गरी मुलुकमा विद्यमान सामन्तवादी, पितृसत्तात्मक चिन्तन प्रवृत्ति, समाजिक र सांस्कृतिक रूपान्तरणका लागि समतामूलक समावेशी सहभागिताको लक्ष्य हासिल गर्ने लक्ष्य रहेको जनाइएको छ ।