संगालोखबर


विराटनगर । विराटनगरको मुनालपथ स्थित मुनलाइट फोटो स्टुडियोका सञ्चालक नवीन खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

आइतबार राति करिब ८ः४० बजे कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका-३ स्थित तिरुपति पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा खनाल गम्भीर घाइते भएका थिए ।

Advertisement

गम्भीर घाइते भएका खनाललाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा आज अपराह्‍न ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश १-०२-०४४ प ९५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्किएका थिए ।

दुर्घटनामा परेर ९५७२ नम्बरको मोटरसाइकल चालक विराटनगर-५ का ४२ वर्षीय नवीन खनाल गम्भीर घाइते भएका थिए । उनी लाइन्स क्लब अफ विराटनगर गुराँसका सदस्य पनि हुन् ।

प्रहरीका अनुसार २४३४ नम्बरको मोटरसाइकल पछाडि सवार भारत झारखण्ड घर भइ विराटनगर-६ रामपुरस्थित माइतीमा बस्दै आएकी २९ वर्षीया सपना दास घाइते भएकी छिन् ।

उनको अवस्था सामान्य रहेको र नोबेलमै उपचार भइरहेको प्रहरीले जनाएको छ । सो मोटरसाइकलका चालक भारतको झारखण्डका ३४ वर्षीय राकेश रन्जनलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!