संगालोखबर


विराटनगर । विराटनगरसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा आज साँझ वर्षा भएको छ । उखरमाउलो गर्मीका कारण जनजीवन अस्तव्यस्त भइरहेका बेला वर्षा भएपछि केही राहत महसुस भएको छ ।

केही दिनयता विराटनगरसहित तराई क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो । अत्याधिक गर्मी बढेपछि विराटनगर, इटहरी, इनरुवा लगायत क्षेत्रका विद्यालयहरूमा पठनपाठनसमेत बन्द गरिएको छ ।

Advertisement

गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला वर्षा भएपछि केही शीतल भएको छ । ठूलो पानी नपरेपनि मेघ गर्जनसहित सिमसिमे पानी परिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!