एमालेको दोष काङ्ग्रेसले बोकेर हिँड्न सक्दैन : डा. डिला संग्रौला 

एमालेको दोष काङ्ग्रेसले बोकेर हिँड्न सक्दैन : डा. डिला संग्रौला 

धनकुटा । नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य डा.  डिला सङ्ग्रौलाले सत्ता साझेदार दल नेकपा एमालेले गरेका हरेक गल्तिको भारी काङ्ग्रेसले बोकेर हिँड्न नसक्ने बताएकी छन् । उनले एमालेसँगको सहकार्य आस्थायी भएको बताउँदै आगामी चुनावमा काङ्ग्रेस एक्लै लड्ने समेत बताइन् । पार्टीले सञ्चालन गरेको सय दिने अभियानका क्रममा धनकुटा आइपुगेकी उनले पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् । भ्रष्टाचारमा मुछिएका जुनसुकै ...
लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली काङ्ग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एक जनालाई मन्त्री बनाएका हुन् । बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवाल आन्तरिक मामिला तथा कानुनमन्त्री भएका छन् । तिमिल्सिना र कलवार काङ्ग्रेसका हुन् भने अग्रवाल जसपाका ह...
सङ्घीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्छ : शेखर कोइराला

सङ्घीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्छ : शेखर कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने बताएका छन् । आज नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने उल्लेख गरे । उनले वर्तमान सरकारले विकासका काममा ती...
जलेका बिरामीको उपचार थाल्ने तयारी

जलेका बिरामीको उपचार थाल्ने तयारी

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जलेका बिरामीहरूको उपचार थाल्ने तयारी गरेको छ । जलनको उपचारका लागि छुट्टै सेन्टर सञ्चालन गरेर उपचार थाल्ने तयारी गरिएको हो । प्रतिष्ठानमा अहिले छुट्टै भवनबाट बर्न सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारका अनुसार करिब एक महिनाभित्र बर्न सेन्टर सञ्चालन हुनेछ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थाप...
वडाध्यक्ष अमेरिकाबाट नफर्किएपछि…

वडाध्यक्ष अमेरिकाबाट नफर्किएपछि…

खोटाङ । खोटाङको साकेला गाउँपालिका-४ का वडाध्यक्ष अमेरिका गएपछि वडाको कामकारबाही प्रभावित भएको छ । वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि नेपाल नफर्किएपछि स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन् । पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समि...
उदयपुरबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

उदयपुरबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-६ बाट प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र १-०५-००१ ह ०१५३ नम्बरको अटोसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अटो चालक त्रियुगा-३ का ४४ वर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा-११ का धिरज खड्का रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोमा लुकाएर राखेको ...
रवि र छविलाई अदालतमा उपस्थित गराइयो

रवि र छविलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको भन्दै पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो । गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको थियो । आइतबार अदालतमा उपस्थित गराएर उनलाई अनुसन्धानका लागि ६ दिनको...
सुनको मूल्य घट्यो 

सुनको मूल्य घट्यो 

विराटनगर । आज सुनको मूल्य घटेको छ । हिजो हालसम्मकै उच्च भएको सुनको मूल्य आज तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा एक लाख ६६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले घटेर दुई हजार ९५ रुपैयाँमा कारोबार भ...
केर्खा दुर्घटना अपडेट : पीडित पक्षसँग चार बुँदे सहमति पश्चात राजमार्ग सुचारु

केर्खा दुर्घटना अपडेट : पीडित पक्षसँग चार बुँदे सहमति पश्चात राजमार्ग सुचारु

विराटनगर । झापाको कमल गाउँपालिका-३ स्थित केर्खामा दुर्घटना पछि निम्तिएको अवस्था सामान्य भएको छ । पीडित पक्षसँग चार बुँदे सहमति भएपछि अवस्था सामान्य भएको हो । हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिब १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्ष, नागरिक समाज, जनप्रतिनिधि र प्रहरी प्रशासनको छलफलबाट चार बुँदे लिखित सहमति भएपछि अवस्था सामान्य भएको हो । छलफलबाट पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिला...
झापाको केर्खामा बसको ठक्करबाट हजुरबा-नातिनीको मृत्यु

झापाको केर्खामा बसको ठक्करबाट हजुरबा-नातिनीको मृत्यु

झापा । झापाको कमल गाउँपालिका-४ केर्खामा बसको ठक्करबाट हजुरबा र नातिनीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र.१-०१-००१ ख ४३३१ नम्बरको बसले आज साँझ करिब ५ः३० बजे विद्युतीय साइकललाई ठक्कर दिएको हो । ठक्करबाट कमल गाउँपालिका-३ सानो केर्खामा ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ९ वर्षीया नातिनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानी...
सिधुवामा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

सिधुवामा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिएका छन् । आज घरेलु तथा साना उद्योग कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाले संयुक्त रूपमा गरेको अनुगमनमा म्याद गुज्रिएका सामग्री भेटिएको हो । होटल, इन्धन, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलहरूमा...
फेरिए मोरङका प्रहरी प्रमुख

फेरिए मोरङका प्रहरी प्रमुख

विराटनगर । मोरङका प्रहरी प्रमुख फेरिएका छन् । झापा घर भएका प्रहरी उपरीक्षक एसपी नारायण चिमरिया जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख बनेर आएका हुन् । यसअघिका एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय गएका छन् । मोरङ आएको ८ महिनामै एसपी कार्कीलाई हेडक्वार्टर तानिएको हो । एसपी कार्की आर्थिक लेनदेनमा मुछिएको उजुरी परेपछि उनलाई हेडक्वार्टर तानिएको स्रोतको दावी छ । अपराध अनुसन्धान विभागमा कार्यरत एसप...
सहिदभूमिमा खाना पकाउने क्रममा आगलागी 

सहिदभूमिमा खाना पकाउने क्रममा आगलागी 

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ स्थित एउटा घरमा आगलागी भएको छ । आज डाँडागाउँ स्थित थामशेर राईको फुसको छानो भएको एक तले घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, कागज पत्र र नगदसहित घरमा भएका सम्पूर्ण सामान नष्ट भएका प्रहरीले जनाएको छ । १२ बजे लागे...
सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा आठ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६६ हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको थियो । अस्ति सुन तोलामा एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढ...
सरकारले देश र जनताको पक्षमा सकारात्मक काम गर्न सकेन : नारायणकाजी श्रेष्ठ

सरकारले देश र जनताको पक्षमा सकारात्मक काम गर्न सकेन : नारायणकाजी श्रेष्ठ

विराटनगर । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारले एक सय दिनमा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै नपर्ने उल्लेख गरे । ‘दुईवटा प्रमुख दल मिल...
५० कार्टुन सिक्किमे मदिरा बरामद

५० कार्टुन सिक्किमे मदिरा बरामद

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बेलुका चेकजाँचको क्रममा ५० कार्टुन सिक्किमे मदिरा बोकेर इलामबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप प्रहरीले नियन्त्रणमा लिएको हो । गाडी र मदिरासहित झापाको बुद्धशान्ती गाउँपालिका-३ का महेन्द्र बर्देवा र चालक सोही स्थानका सनम राईलाई ...
उदयपुरमा आगो लगाएर पत्नीको हत्या

उदयपुरमा आगो लगाएर पत्नीको हत्या

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा पतिले पेट्रोल छर्किएर आगो लगाउँदा पत्नीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४८ वर्षीय पति दानबहादुर राईले ४० वर्षीया पत्नी पूर्णकुमारी राईलाई आगो लगाएका थिए । शरीरको विभिन्न भाग आगोले जलेर गम्भीर अवस्थामा पुगेकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपु...
सुनको मूल्यले राख्यो पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ? 

सुनको मूल्यले राख्यो पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ? 

विराटनगर । आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज तोलामा तीन सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज पाँच रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा दुई हजार एक सय रु...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार 

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार 

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकामा हुने उपनिर्वाचनमा अध्यक्ष पदको लागि उम्मेद्वार घोषणा गरेको छ । आज माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी ग्रामथान गाउँपालिकाको १ नम्बर वडामा २०७४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थ...
भारतीय कारबाट एक सय तीन किलो गाँजा बरामद

भारतीय कारबाट एक सय तीन किलो गाँजा बरामद

विराटनगर । विराटनगर-१५ बाट प्रहरीले एक सय तीन किलो गाँजा बरामद गरेको छ । हिजो नेपालबाट भारततर्फ गइरहेको बी आर ३८ ए डब्लु ३७७६ नम्बरको भारतीय कारबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कारको डिक्कीमा गाँजा फेला पारेको थियो । इलाका प्रहरी कार्यालय रानीले गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गरि...
सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

विराटनगर । सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा छ सय बढेको सुन एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २० रुपैयाँ बढेर चाँदी दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना

सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ झण्डा चोक स्थित करम खोलामा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । विराटनगरबाट हेटौँडार्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ६०६९ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।  दुर्घटनामा इटहरी उपमहानगरपालिका–५ का ४१ वर्षीय मनोज कार्की, विराटनगर-११ का ७१ वर्षीय युवराज कार्की, उनकी श्रीमती ६१ वर्षीया कविता कार्की र सोही स्थानकी ८ वर्षीया आर...
धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण

धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण

धनकुटा । धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले टुँडिखेल नजिक रहेको आफ्नै भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । आजबाट सात दिनसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी निर्मलाले जानकारी दिइन् । सो सेवा केन्द्रले आज बिहान पत्रकार भेटघाट कार्यक्रम आ...
विराटनगरमा सय वर्ष नाघेका दुई वृद्धलाई गरियो अभिनन्दन

विराटनगरमा सय वर्ष नाघेका दुई वृद्धलाई गरियो अभिनन्दन

विराटनगर । विराटनगरमा एक सय वर्ष नाघेका दुई वृद्धलाई आज अभिनन्दन गरिएको छ । विराटनगर-६ स्थित घनश्याम पोखरेल स्मृति प्रतिष्ठानले विराटनगर-२ निवासी शताव्दी पुरुष नारायण खनाल र विराटनगर-३ निवासी वद्रीनाथ खतिवडालाई अभिनन्दन गरेको हो । विराटनगर-४ कञ्चनबारी पिपलचौकस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा सय वर्ष नाघेका खनाल र खतिवडालाई सम्मानसहित अभिनन्दन गरिएको हो । कार्यक्रममा कोशी प्रदेश...
उदयपुरमा अटो दुर्घटना हुँदा सात जना घाइते

उदयपुरमा अटो दुर्घटना हुँदा सात जना घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित सेल्फी डाँडामा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । हिजो साउनेबाट गाइघाटतर्फ जाँदै गरेको स १ ह ८८७ नम्बरको अटो ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा तीन जना गम्भीर र चार जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओरालो बाटोमा ब्रेक फेल हुँदा अटो दुर्घटना भएको हो । दुर्घटनामा त्रियुगा नगरपालिका-१४ साउने की ३३ वर्षीया मन्...
रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । रास्वपा पार्टी मुख्यालय बनस्थलीबाट आज साँझ सीआईबीको टोलीले लामिछानेलाई नियन्त्रणमा लिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप उनीमाथि छ । सो विषयमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । ...
रविलाई पक्राउ गर्न प्रहरी परिचालन

रविलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित भएको छ । लामिछानेलाई नियन्त्रणमा लिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली परिचालित भएको हो ।  लामिछानेलाई पक्राउ गर्न अदालतले पनि अनुमति दिइसकेको छ । उनीमाथि सहकारी ठगीको आरोप छ । रवि लामिछाने पक्राउ 
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलामा ? 

सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलामा ? 

  विराटनगर । आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ ।  आज सुनको मूल्य तोलामा एक लाख ६४ हजार चार सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा एक लाख ६२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँ बढेर एक हजार नौ सय ८० ...
धनकुटामा बस र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

धनकुटामा बस र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

धनकुटा । धनकुटामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुम छथर गाउँपालिका–६ का ५४ वर्षीय नेत्र कट्टेल सामान्य घाइते भएका हुन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो हिले सिरानमा धरानबाट तेह्रथुम जाँदै गरेको बा २ ख ७२४४ नम्बरको यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको को ३८ प ४३५९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । बस चा...
कोशीमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु 

कोशीमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । प्रदेशका विभिन्न जिल्लामा भएका दुई सय ६९ दुर्घटनामा १४ जनाले ज्यान गुमाएका नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । ज्यान गुमाउनेमा १३ पुरुष र एक महिला छन् । असोज १७ गते घटस्थापनादेखि २९ गतेसम्म भएको उक्त दुर्घटनामा ३९ जना गम्भीर घाइते भएका छन् । मोरङमा ९५ स्थानमा द...
error: Content is protected !!