बुढीखोलामा पौडी खेल्दा बर्जुका चौधरी बेपत्ता
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ का ४१ वर्षीय प्रमोद चौधरी बुढीखोलामा बेपत्ता भएका छन् । बुधबार मध्याह्न पौडी खेल्न खोलामा पसेका उनी बेपत्ता भएको वडाध्यक्ष अशोक चौधरीले जानकारी दिए ।
‘छिमेकमा मरिमराउ भएको थियो’, वडाध्यक्ष चौधरीले भने, ‘दाहसंस्कार गरेको चार दिनमा पुनः त्यही ठाउँमा गएर संस्कार अनुसारको काम गर्नुपर्ने भएकाले छिमेकीहरूसँगै उनी पनि गएछन् । पौडी खेल्न जबरजस्ती पस्दा खोलामा बाढी...































