धनकुटा । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन कोशी प्रदेशको अध्यक्षमा छिरिङ लामा चयन भएका छन् । सोमबार भएको सङ्गठनको प्रथम अधिवेशनले लामालाई अध्यक्षमा चयन गरेको हो ।
लामाको नेतृत्वमा ३० सदस्यीय कार्यसमितिमा चयन भएको छ । सङ्गठनको उपाध्यक्षमा सिताराम तामाङ, रविन तामाङ, मनोज राई र उमेशचन्द्र राई चयन भएका छन् । त्यसैगरी महासचिवमा सन्जोग राई र कोषाध्यक्षमा विन्देश चौधरी चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष लामाले निर्माण व्यवसायीहरूको हकहित र सङ्गठनको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले सङ्गठनलाई थप सफल र प्रभावकारी बनाउन सबै पदाधिकारी र सदस्यहरूसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे ।
यस्तै निर्माण क्षेत्रको विकास र व्यवसायीहरूको हित प्रवर्द्धनका लागि विशेष कार्ययोजनाका साथ काम अगाडि बढाइने उनको भनाइ थियो ।