संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मालती पुल आसपासमा सिलिन्डर बम फेला परेको छ । तीन-चार दिनदेखि खोजी गरिरहेको सेनाको टोलीले आज सिलिन्डर बम फेला पारेको हो ।

मोरङ प्रहरीका अनुसार द्वन्द्वकालमा नै बम राखिएको सूचना आएपछि नेपाली सेनाको प्राविधिक टोलीसहितले केही दिन अघिबाट खोजी कार्य सुरु गरेको थियो ।

Advertisement

‘त्यो ठाउँमा द्वन्द्वकालमा नै बम राखिएको भन्ने सूचना आएको थियो’, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले संगालोखबरसँग भने, ‘त्यही सूचनाका आधारमा तीन-चार दिनदेखि सेनाको टोलीले सम्भावित ठाउँहरूमा खोजी गरिरहेको थियो । आज सिलिन्डर जस्तो बस्तु भेटिएको छ ।’

राजमार्ग बिस्तारको काम भइरहेकाले उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि खोजी कार्य सुरु गरिएको थियो । सिलिन्डर जस्तो बस्तुलाई नेपाली सेनाले तानेर डिस्पोज गर्ने तयारी गरिरहेको डीएसपी जोशीले जानकारी दिए ।

‘द्वन्द्वकालमा यो एरियामा राखेको थियो भन्ने सूचनाका आधारमा सेनाले खोज्यो’, उनले भने, ‘सवारी सधानलाई डाइभर्सन गरेर अन्यत्रबाट नै गन्तव्यमा जाने व्यवस्था मिलाइएको छ ।’  जोशीका अनुसार चार वटा सिलिण्डर बम भेटिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!