सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-२ थुम्लिङमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बलबहादुर नेवारको गोठमा गएराति १२ बजे भएको आगलागीमा परेर दूधकोशी गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय नवराज खालिङको मृत्यु भएको हो ।
बेवारिसे अवस्थामा बस्दै आएका उनको आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
‘उनैले चुरोट खाने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ’, घिमिरेले संगालोखबरसँग भने, ‘अन्य खासै क्षति भएको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’