विराटनगर । मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । सुन्दरहरैँचा नगरपालिका-९ नागदेवीमा बुधबार बेलुका मोटरसाइकल र स्कुटर हुँदा एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार प्र १-०२-०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १-०२-०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैँचा-९ की ३८ वर्षीया प्रमिला श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक इटहरीका ४० वर्षीय नवीन सिंह ठकुरी घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बेलबारी नगरपालिका-१० मा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही स्थानकी ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सफारी चालक सोही स्थानका ५० वर्षीय भुपे दाहालको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।